Home मुख्य समाचार बागमती प्रदेशले प्रदेश किताब खाना स्थापना गर्ने, बहुवर्षीय योजना सम्झौता मापदण्ड पारित...

बागमती प्रदेशले प्रदेश किताब खाना स्थापना गर्ने, बहुवर्षीय योजना सम्झौता मापदण्ड पारित गर्‍यो

मन्त्रीपरिषद्को निर्णयबारे जानकारी गराउनुहुँदै मन्त्री खनाल ।

हेटौंडाः बागमती प्रदेश सरकारको मन्त्रीपरिषद् बैठक सोमबार बसेको छ । मन्त्रीपरिषद्को बैठकले प्रदेश किताब खाना स्थापना गर्ने निर्णय गरेको छ । प्रदेश सरकार मातहतको कर्मचारीको यकिन विवरण राख्न प्रदेश किताब खाना स्थापना गर्ने निर्णय गरेको बागमती प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद खनालले जानकारी दिनुभयो ।

यस्तै पहूँचका आधारमा बहुवर्षीय योजनासम्बन्धी निर्णय हुने प्रवृत्ति रोक्न स्रोतको सुनिश्चितता, योजनाको आवश्यकता र औचित्य पुष्टि गर्ने गरी बहुवर्षीय योजना मापदण्ड पारित गरेको प्रवक्ता खनालले जानकारी दिनुभएको छ । प्रदेश सरकारले स्वदेशी तथा विदेशी निजीक्षेत्रसँगको सहकार्यमा रासायनिक मल कारखाना खोल्ने तयारीस्वरुप छलफल अगाडि बढाउने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । चेपाङ समुदायको न्वागी पर्व र विभिन्न जातीय समुहले मनाउने ल्होछार पर्वको अवसरमा प्रदेशभर सार्वजनिक विदा दिने निर्णय पनि गरेको छ ।

Exit mobile version