उषाकिरण अधिकारी

आज लड्दै उठ्दै गरेर
निरन्तर पाइला चालिरहँदा
अठोट लिएकी छु मनमा
कि एकदिन अवश्य पनि
त्यो सफलताको शिखर छुनेछु,

झरनाको पानी खसे झैं
त्यो आँखाबाट तपतप
खसेका ती आँसुको मूल्य
एकदिन अवश्य तिर्ने छु,

आँखामा सजिएका ती
हजारौं सपना पूरा गर्ने
एक मात्र सपना लिएर
कताकता भौतारिँदै हिँड्नु परे पनि
म निडर भई हिँड्ने छु,

पूरा नहोलान् मेरा ती
अनगिन्ती इच्छा र आकांक्षाहरु
तर पूरा गर्ने उद्देश्य बोकेर
म खटिनै रहने छु,

प्रतिस्पर्धाको चक्रमा
सम्मिलित हुनु छैन मलाई
न त कसैलाई जित्नु छ
न त जिन्दगीलाई हराउनु नै छ
मलाई त केवल,
म बन्नु छ अनि
हिजोको म भन्दा आजको म लाई सुधार्नु छ
अनि आजको म भन्दा भोलिको म लाई झनै सपार्नु छ

जीवनका विभिन्न जंघार पार गर्दै
जब म आफ्नो गन्तव्यमा पुग्ने छु,
जब तिम्रा मनभरिका पीरलाई सदाका लागि बिदा गर्ने छु
जब तिमी सधैं बसेर खुशीका आँसु बगाउँदै रुनेछु
तब आमा,
मुस्कान तिम्रो,
कारण म हुनेछु ।

कक्षा–११, हेटौंडा स्कूल अफ म्यानेजमेन्ट ।