हेटौंडाः मकवानपुरमा शुक्रबार सार्वजनिकस्थलमा मास्क नलगाई हिँड्डुल गर्ने ११ जना जरिवाना गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर र मातहत कार्यालय समेतबाट खटिएको प्रहरी टोलिले मास्क नलगाई हिँडडुल गर्ने ११ जनालाई जनही एक सय रुपैयाँका दरले जरिवाना गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिनुभयो । मकवानपुरमा सार्वजनिकस्थलमा मास्क नलगाई हिँड्डुल गर्नेलाई सोमबारबाट जरिवाना गर्न सुरु गरेको हो ।