हेटौंडाः मकवानपुरमा आज बिहिबार ७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार ५६ जनाको जनाको पीसीआर विधिबाट परिक्षण गर्दा २७ जनामा र १०५ जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्लामा यसै अवधिमा २ सय ८५ जना कोरोना संक्रमणमुक्त भएका छन् । जिल्लामा अहिले १ हजार १ सय ८२ जना कोरोना संक्रमणका सक्रिय संक्रमित रहेका छन् । जसमध्ये होम आइसोलेसनमा १ हजार १ सय ७० जना र संस्थागत आइसोलेसनमा १२ जना उपचाररत रहेका छन् ।