हेटौंडाः हेटौंडा–१६ की ९० वर्षीय वृद्धाको मानवसेवा आश्रमले पारिवारिक पुनर्मिलन गराएको छ । आश्रमले माईली घर्तीलाई छोराको जिम्मा लगाएको मानवसेवा आश्रमका अभियन्ता ईशा थापाले जानकारी दिनुभयो ।
५ दिनअघि सडकबाट उद्दार गरिएकी घर्तीलाई बुधबार परिवारमा पुनर्मिलन गराइएको हो । परिवार भेटिएपछि वृद्धा र परिवारका अन्य सदस्यले खुसी साटासाट गरेका थिए ।