Home कला उपचार

उपचार

स्वर्गीय साहित्यकार डा.गणेशकुमार पौडेल

बिरामी भएको धेरै दिन भएथ्यो
औषधी पनि धेरै गरियो
शरीरमा दुःखको भोगाइहरु
आफन्त र चिकित्सकलाई सुनाइयोे ।।

हिँड्न सम्म हिँडियो अस्पतालका बाटोहरु
संगत गरियो चिकित्सक र स्वास्थ्य कर्मीहरु
तर शरीर पूरै हाड छाला भएथ्यो
सेवन गरियो थरी—थरीका औषधीहरु ।।

आत्मालाई शरीर बोक्न भइसकेथ्यो
तैपनि मर्न मन थिएन
अस्वास्थ्य हुन पनि मन कहाँ थियो र
स्वास्थ्य भएर बाँच्ने मन थियो ।।

विज्ञानले रुढिवाद भनेता पनि
क्षणमा पर्नुपर्‍यो प्रकृति चिकित्साको
तर धेरैले पत्याउदैनन् परम्परालाई
यो आधुनिक युगमा चमत्कार छ विज्ञानको ।।

म बाँच्न प्रकृतिको पछि लाग्नुपर्‍यो
सत्य युगमा यहि उपचार थियो
अझै पढ्न पाइन्छ धर्मशास्त्र साक्षी छ
मनुष्यलाई प्रकृति प्राणी ठानिन्छ ।।

मान्छे विद्धान हुनु परिणाम नै हो प्रकृतिको
जन्म मृत्यु पनि देनै हो प्रकृतिको
जति वैज्ञानिक रुन्छन् त्यति ज्ञानी हाँस्छन्
प्रकृति चिकित्सा उपचार बरदान हो मनुष्यको ।।

Exit mobile version