हेटौंडाः रोटरी क्लब अफ मकवानपुर, रोटरी क्लब अफ काठमाडौं मिड टाउन र हेटौंडा सामुदायिक आँखा अस्पतालको संयुक्त आयोजनामा चार स्थानमा आँखा शिविर आयोजना हुँदैछ ।
आज शुक्रबार मकवानपुरको बकैया गाउँपालिका–२, धियाँलमा आँशा शिविरको आयोजना भइरहेको छ भने भोलि शनिबार बकैया गाउँपालिका–१२, ठिंगनमा आँखा शिविर हुने रोटरी क्लब अफ मकवानपुरका निर्वाचित अध्यक्ष कृष्णबहादुर कार्कीले जानकारी दिनुभएको छ । भोलि शनिबार नै सर्लाही जिल्लामा र पर्सी आइतबार बारा जिल्लाको निजगढ नगरपालिकामा आँखा शिविरको आयोजना गर्न लागिएको आँखा शिविर कार्यक्रमका संयोजक गोकर्ण सुवेदीले जानकारी दिनुभयो ।
दुर्गम क्षेत्र, विपन्न समुदाय लक्षित गरी निशूल्क आँशा शिविर आयोजना गर्नुका साथै शिविरमा मोतिविन्दुको समस्या भएका विरामीलाई हेटौंडास्थित हेटौंडा सामुदायिक आँखा अस्पतालमा निशूल्क शल्यक्रिया गर्ने व्यवस्था गरिएको अध्यक्ष कार्कीले बताउनुभएको छ । उपचारका लागि हेटौंडासम्म ल्याउने, लैजाने, उपचारको क्रममा खानेबस्ने व्यवस्था समेत आयोजकले नै गर्नेछ ।