Home मुख्य समाचार कांग्रेस मकवानपुरको अधिवेशन पुस २७ गते हुने

कांग्रेस मकवानपुरको अधिवेशन पुस २७ गते हुने

हेटौंडाः नेपाली कांग्रेगको १४ महाधिवेशन अन्तर्गत मकवानपुरसहित १६ जिल्लाको अधिवेशन पुस २७ गते गर्ने निर्णय गरेको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले सोमबार विज्ञप्ति जारी गरी मकवानपुरसहित १६ जिल्लामा पुस २७ गते अधिवेशन गर्ने जनाएको हो ।

महाधिवेशनअघि ६१ जिल्लामा अधिवेशन भए पनि १६ जिल्लामा हुन बाँकी थियो । प्रदेश २ का ८ जिल्ला र बागमती प्रदेशमा मकवानपुरसहित चितवन, सिन्धुली र सिन्धुपाल्चोक जिल्लामा अधिवेशन रोकिएको थियो । गण्डकी प्रदेशमा पनि नवलपरासी पूर्वको जिल्ला अधिवेशन हुन बाँकी छ भने लुम्बिनी प्रदेशको बाँकेमा पनि जिल्ला अधिवेशन सम्पन्न हुन सकेको छैन ।

Exit mobile version