Home मुख्य समाचार सरकारी पशु डाक्टरले देखाए गैरजिम्मेवारीपन, निर्देशनालयले स्पष्टीकरण सोध्ने

सरकारी पशु डाक्टरले देखाए गैरजिम्मेवारीपन, निर्देशनालयले स्पष्टीकरण सोध्ने

हेटौंडाः भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मकवानपुरका पशु डाक्टर किसानले बोलाएको समयमा नपुगेपछि व्यवसायीक गाईपालन गर्दै आएका किसानहरु आक्रोशित भएका छन् । हेटौंडा–११ गोल्पिङटारमा व्यवसायीक गाईपालन गर्दै आउनुभएका मेनुका ढकालको गाई फार्ममा ९ वटा गाईको पेट फुलेर भकाभक ढल्न थालेपछि भेटेरिनरीका पशु चिकित्सकलाई खबर भएको थियो । तर उनीहरुले क्रिटिकल केस हुँदा पनि ध्यान जान नसकेको पाइएको हो ।

पशु चिकित्स तथा भेटेरिनरी अस्पताल मकवानपुरका सुचना अधिकारी धुव्र डिसीलाई क्रिटिकल केसबार अस्पतालका कुमार खड्काले जानकारी गराएका थिए । उहाँलाई जानकारी गराएपनि उनीहरु पशुचिकित्सको एम्बुलेन्स लिएर मनहरीमा कुखुरा, खसी मरेको खबर आएको कारण छानबीनको लागि पुगेको थिए ।

किसानको ९ वटा गाई ढल्दा समेत नीजि चिकित्सकले त्यसको उपचार गरेको भन्दै सरकारी पशु चिकित्सकहरु नगएको बुझिएको छ । कर्मचारीबिच भएको अन्तरद्धन्द्धका कारण समयमा किसानको फार्ममा पशु चिकित्स पुगेनन् । पशु कार्यालयका पुराना चिकित्सक कुमार खड्कालाई आफ्नो छोरा रन्जित खड्काले क्रिटिकल केस हुँदा पनि कुनै पशु डाक्टर नपुगेको खबर गरेसँगै आफ्नो कर्तव्य सम्झेर सकिनसकी कुमार खड्का गाईफार्ममा पुगेका थिए ।

सरकारी पशु चिकित्सक आउने भनेर नगएपछि पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय बागमती प्रदेशको निमित्त निर्देशक राम प्रकाश प्रधानले समयमा नपुग्ने पशु डाक्टरलाई स्पष्टिकरण सोध्ने बताउनुभएको छ । मेनुका ढकालसहित गाउँका १५ जना व्यक्ति भेटिरनरी अस्पताल हेटौंडा घेराउ गर्न आइपुगेपछि सम्बन्धीत चिकित्सक भने अस्पतालमा आएनन् । अस्पतालले ढकाललको गाईफार्ममा निजी चिकित्सकले गरेको खर्च समेत व्यहोर्ने निमित्त निर्देशक प्रधानले बताउनुभयो । भेटरिनरी अस्पतालले गाईफार्ममा औषधी गर्न कुमार खड्कालाई पठाएको छ । उहाँ आफै अशक्त हुनुहुन्छ ।

ढकालले झण्डै ७ लाखमा गाईगोठ निर्माण गर्नुभएको थियो । यस्तै १ लाख १० हजार देखि १ लाख २० हजार सम्म पर्ने गाई पाल्दै आउनुभएको छ । गाईपालक मेनुका ढकालले भोलिका दिनमा सरकारी पशु डाक्टरले पनि निजीले जस्तै सेवा दिन सक्नुपर्ने बताउनुभयो । आपतकालिन समयमा पनि सरकार डाक्टरहरु पुग्नुपर्ने उहाँको भनाई छ । समयमा पशु डाक्टर नपुगे आफ्नो लाखौको गाई मर्ने अवस्थामा पुगेको उहाँले बताउनुभयो । अझै पनि एक वटा गाईलाई धेरै गार्‍हो भएको उहाँले बताउनुभयो ।

Exit mobile version