Home मुख्य समाचार मनहरीमा नदीजन्य पदार्थ उत्खनन् गर्ने ३२ वटा ट्याक्टर प्रहरीको नियन्त्रणमा

मनहरीमा नदीजन्य पदार्थ उत्खनन् गर्ने ३२ वटा ट्याक्टर प्रहरीको नियन्त्रणमा

अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गरेको भन्दै नियन्त्रणमा लिएका ट्याक्टरहरु ।

हेटौंडाः मकवानपुर प्रहरीले अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गर्ने ३२ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । सोमबार ११ बजेर ४० मिनेटको समयमा ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा मनहरी–८ स्थित मनहरी खोलाबाट ७ वटा ट्याक्टरलाई नियन्त्रण लिएको प्रहरीले जनाएको छ ।

प्रहरीले ना ५ त ९५४४, ना ६ त ४७९०, ना ५ त ७११२, ना ६ त २९१७, ना ५ त ५१३४, ना ६ त ५२३७ र ना ५ त ७०३१ नम्बरको ट्याक्टरले नदिबाट ग्राबेल उत्खनन् गरी लोड गरिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो । सबै ट्याक्टरलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि मनहरी गाउँपालिकाको कार्यालय पठाइएको उहाँले बताउनुभयो ।

मकवानपुर प्रहरीले मंसिर १ गतेदेखि हालसम्म अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गर्ने जम्मा ३२ ट्याक्टरलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि सम्बन्धित निकायमा पठाईएको प्रहरी जनाएको छ ।

Exit mobile version