हेटौंडाः हेटौंडा–९ स्थित नारायणी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा जंगबहादुर गुरुङ सर्वसम्मत अध्यक्ष निर्वाचित हुनुभएको छ । अध्यक्ष गुरुङसहित सचिवमा नारायणप्रसाद खतिवडा, सहसचिवमा ज्ञानेन्द्र अधिकारी, लेखा समिति संयोजकमा धर्म मिश्र, सदस्यमा प्रेमप्रसाद बोलखे र कृष्णप्रसाद ढकाल सर्वसम्मत निर्वाचित भएका छन् ।

उपाध्यक्ष र सदस्य पदमा भने शनिबार निर्वाचन भएको छ । मतदानको कार्य सकिएर मतगणनाको प्रक्रिया सुरु हुन लागेको सहकारीका सदस्य नरेन्द्र भण्डारीले जानकारी दिनुभएको छ । सहकारी सञ्चालक समितिको उपाध्यक्षमा केशव प्रसाद न्यौपाने र रामचन्द्र ढकालको उम्मेदवारी परेको थियो भने सदस्यमा खुलातर्फ ७ जनाका लागि १३ जनाको उम्मेदवारी परेको छ । यस्तै महिलातर्फ २ जनाका लागि ५ जनाको उम्मेदवारी परेको छ ।