फाइल तस्बिर ।

हेटौंडाः मकवानपुरमा मंगलबार २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट २२ जनाको परिक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको हो । एन्टिजेन विधिबाट ६ जनाको परिक्षण गर्दा भने कसैमा संक्रमण पुष्टि नभएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

संक्रमण पुष्टि हुनेमा दुवै जना हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । योसँगै जिल्लामा हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या १५ हजार ४ सय ७५ जना पुगेको छ ।

जिल्लामा यसै अवधिमा ३ जना कोरोेना संक्रमित कोरोनामुक्त भएका छन् । होम आइसोलन बस्ने ३ जना कोरोना संक्रमण मुक्त भएका हुन् । योसँगै जिल्लामा हालसम्म कोेरोनामुक्त हुनेको कुल संख्या १५ हजार २ सय १ जना पुगेको छ ।

जिल्लामा अहिले ४६ जना कोरोना संक्रमणका सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ४५ जना होम आइसोेलेसनमा र १ जना संस्थागत आइसोलेसनमा उपचारत छन् ।