हेटौंडाः हेटौंडा क्याम्पसका संस्थापक एवम् क्याम्पस सञ्चालक समितिका निवर्तमान अध्यक्ष श्रीचन्द्र शर्मा पौडेलको स्मृतिमा पौडेल परिवारले हेटौंडा क्याम्पसलाई स्टील ट्याङकी र फिल्टर सहयोग गरेको छ ।
स्वच्छ खानेपानीको व्यवस्था गर्न दिनु शर्मा पौडेलले स्वर्गीय बुबा श्रीचन्द्र शर्मा पौडेलको स्मृतिमा परिवारकोतर्फबाट ७० हजार रुपैयाँ बराबरको सामग्री मंगलबार हस्तान्तरण गर्नु भएको हेटौंडा क्याम्पसका सहायक क्याम्पस प्रमुख देवीराम लामाले जानकारी दिनुभएको छ ।