Home समाज जेसीआई हेटौंडा लेडीको सप्ताहव्यापी कार्यक्रम, पाँचौं दिन तीनवटा कार्यक्रम सम्पन्न

जेसीआई हेटौंडा लेडीको सप्ताहव्यापी कार्यक्रम, पाँचौं दिन तीनवटा कार्यक्रम सम्पन्न

हेटौंडाः जेसीआई हेटौंडा लेडीको सप्ताहव्यापी कार्यक्रमको पाँचौं दिन आइतबार तीनवटा कार्यक्रम भएका छन् । आइतबारको पहिलो कार्यक्रमको रुपमा महिला स्लोस्कुटी प्रतियोगिता सम्पन्न भएको छ ।

प्राचौरबाट सुरु भएको एक सय मिटर प्रतियोगितामा प्रथम श्रीषा ढकाल, द्वितीय वर्षा गौतम र तृतीय पुष्पा क्षेत्री भएका छन् । प्रथम, द्वितीय र तृतीयले क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगिताका सहभागीलाई पनि प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङको प्रमुख अतिथ्यता रहेको प्रतियोगिता सरस्वती थिङको संयोजकत्वमा सम्पन्न भएको छ । यसैगरी, महिला मयूरी र अटोचालकलाई ट्राफिक नियम सम्बन्धी सचेतना तथा ३५ जनालाई सेफ्टी ज्याकेटसमेत वितरण गरिएको छ । दुर्घटनाका घटनाहरु बढिरहेको अवस्थामा दुर्घटना न्यूनीकरणमा सहयोग पुर्‍याउने उद्देश्यले दयाराम गौतमले ट्राफिक नियमसम्बन्धी सहजीकरण गर्नुभएको हो । सचेतना कार्यक्रम स्वेच्छा दंगालको संयोजकत्वमा भएको थियो।

यस्तै महिलाहरुका लागि दुई दिने उद्यमशीलता तालिम सम्पन्न भएको छ । घरमै बसेर उत्पादनमूलक काम गर्दै स्वरोजगार बन्न मद्दत गर्ने उद्देश्यले उद्यमशीलता तालिम सञ्चालन गरिएको हो । दालमोठ र टमाटो सस बनाउने दुई दिने तालिम आइतबार सुरु भएको छ ।

रञ्जिता पुडासैनीको संयोजकत्वमा भएको कार्यक्रममा २५ जना सहभागी थिए । कार्यक्रम जेसीआई हेटौंडा लेडीका अध्यक्ष प्रतिमा श्रेष्ठको सभाध्यक्षतामा भएको थियो ।

Exit mobile version