Home कला ‘विसङ्गत वर्तमान’बारे दोस्रो पटक विमर्श

‘विसङ्गत वर्तमान’बारे दोस्रो पटक विमर्श

कार्यक्रममा सहभागिहरु

हेटौंडाः ३१३ औं नियमित साहित्य सन्ध्या एवम् दीपक गौतमद्वारा लिखित मुक्तक संग्रह विसङ्गत वर्तमानको विमर्श कार्यक्रम शनिबार सम्पन्न भएको छ । कार्यक्रममा मुक्तककार गौतमले विसङ्गत वर्तमान मुक्तक संग्रह मकवानपुरमा दोस्रो पटक विमर्श भएको बताउनुभयो । साहित्यकार देवराज तिवारी र रजनी पौडेलले मुक्तक संग्रह विसङ्गत वर्तमानको समीक्षा गर्नुभएको थियो ।

समीक्षात्मक टिप्पणीका क्रममा गौतमले आफू पनि मुक्तकको पाठक भएकाले मुक्तकमा व्यङ्ग्यात्मक शैली हुनुपर्छ भन्ने ठहर नरहेको बताउनुभयो । पक्ष र संरचनाअनुसार विषयगतरुपमा लयबद्धात्मक मिलेको उहाँले बताउनुभयो । हाम्रो समाजमा पाइलैपिच्छे मानिसलाई लडाउने विसंगतिलाई प्रहार गर्दै मुक्तक लेखनमा पनि खुसी र निराशापनलाई जोड दिएको गौतमले बताउनुभयो ।

सामाजिक विकृति र विसङ्गतिमाथि बेजोडरुपमा मुक्तककारले प्रहार गर्नुभएको छ । भोका र नाङ्गा जनताको विषयलाई उठान गरिएको छ । कार्यक्रममा नियमित साहित्य सन्ध्यामा रचना वाचनसमेत गरिएको छ । साहित्य संगम मकवानपुरका अध्यक्ष अनिता न्यौपानेको सभाध्यक्षता तथा साहित्यकार आरसी रिजालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा साहित्य संगम मकवानपुरका उपाध्यक्ष सानु खनालले स्वागत मन्तव्य राख्नुभएको थियो ।

Exit mobile version