हेटौंडाः नेपाल विज्ञान तथा प्रविधि तथा प्रज्ञा– प्रतिष्ठान (नास्ट) खुमलटार, ललितपुरको आयोजनामा आइतबारबाट हेटौंडामा पत्रकारको लागि विज्ञान लेखन तालिम सुरु भएको छ । मकवानपुरका हेटौंडामा भएको तालिममा २२ जना पत्रकारको सहभागीता रहेको छ ।
नास्टका सचिव प्रा.डा. महेशकुमार अधिकारीको सभाध्यक्षतामा तथा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन भएको हो । तालिम आजबाट कात्तिक ३० गतेसम्म हुनेछ । सञ्चारकर्मीहरुले समाचारलाई सत्यतथ्यको साथै शब्दको चयन गरेर आमजनताले सजिलैसँग बुझ्ने गरि समाचार प्रकाशित र सम्प्रेषण गर्नेे उद्देश्यले तालिम संचालन गरिएको नास्टले जनाएको छ । तालिममा वरिष्ठ पत्रकार केदार शर्माले सहजिकरण गर्नुहुनेछ भने नास्टका महेशकुमार अधिकारीले प्रशिक्षण गर्नुहुनेछ ।