Home समाचार ४ जनामा कोरोना संक्रमण पुष्टि

४ जनामा कोरोना संक्रमण पुष्टि

सांकेतिक तस्बिर ।

हेटौंडाः मकवानपुरमा बिहीबार ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३५ जनामा गरिएको पिसीआर परिक्षणमा ४ जनामा संक्रमण देखिएको र ३ जनामा गरिएको एन्टिजेन परिक्षणमा भने संक्रमण नदेखिएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । संक्रमण हुने ४ जना हेटौंडा उपमहानगरपालिकाका रहेका छन् ।

हाल संस्थागत आइसोलेसनमा २ जना र होम आइसोलेसनमा २४ जना कोरोना संक्रमित उपचाररत छन् । यस्तै, बिहीबार होम आइसोलेसनमा बस्ने ५ जना र संस्थागत आइसोलेसनमा बस्ने १ जना कोरोना संक्रमित कोरोना संक्रमणमुक्त भएका छन् । जिल्लामा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या १६५ पुगेको छ । हाल जिल्लाभर २६ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

Exit mobile version