हेटौंडाः बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार भएको छ । आज बिहीबार शालिकराम जम्कट्टेल आर्थिक मामिला तथा योजना मन्त्री र निमा लामा स्वास्थ्य मन्त्रीमा नियुक्त हुनुभएको हो ।

उहाँहरुले प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट पद तथा गोपनीयताको शपथ पनि ग्रहण गर्नुभएको छ ।