Home मुख्य समाचार १० बिगाहमा लगाएको गाँजा खेती प्रहरीद्धारा नष्ट

१० बिगाहमा लगाएको गाँजा खेती प्रहरीद्धारा नष्ट

हेटौंडाः मकवानपुरको कैलाश गाउँपालिकाको १० बिगाह क्षेत्रफलमा लगाएको गाँजा खेती प्रहरीले फडानी गरी नष्ट गरेको छ । आइतबारबाट मंगलबारसम्म गाँजा खेती नष्ट गर्ने अभियान अन्तर्गत प्रहरी प्रधान कार्यालय लागू औषध नियन्त्रण ब्यूरो, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा, प्रदेश दंगा नियन्त्रण गण र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीको टोलीले कैलाश गाउँपालिकाको विभिन्न क्षेत्रमा लगाएको गाँजा खेती नष्ट गर्दै आएको छ ।

प्रहरी निरीक्षक अबिनाश अधिकारीको कमाण्डमा खटिएको ७२ जनाको प्रहरी टोलिले आइतबारबाट कैलाश गाउँपालिका वडा नम्बर ७ को बासताल, कोथेलिटार, वडा नम्बर ४ बेलटार र धारापानी स्थितको वडा एरियामा १० बिगाहमा लगाएको अबैध लागुऔषध गाँजाखेती फडानी गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।

Exit mobile version