Home मुख्य समाचार साढे १७ बिगाहाको गाँजाखेती फडानी

साढे १७ बिगाहाको गाँजाखेती फडानी

कैलाश गाउँपालिकाको विभिन्न वडामा लगाइएको गाँजाखेती नष्ट गरिदै प्रहरी टोली

हेटौंडाः प्रहरीले अवैध लागूऔषध गाँजाखेती फडानी गरी नष्ट गर्ने ३ दिने अभियान आइतबारबाट सुरु गरेको छ । अभियानअन्तर्गत् प्रहरीले कैलाश गाउँपालिकाको विभिन्न वडामा लगाइएको १७ बिगाहा १० कठ्ठा क्षेत्रको गाँजाखेती नष्ट गरेको हो ।

मंगलबारसम्म सञ्चालन हुने गाँजाखेती नष्ट गर्ने अभियानअन्तर्गत् प्रहरी प्रधान कार्यालय लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाडौं, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा, बागमती प्रदेश दंगा नियन्त्रण गण र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट संयुक्तरुपमा प्रहरी टोली खटिएको छ । प्रहरी निरीक्षक अबिनाश अधिकारीको कमाण्डमा ७२ जनाको प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

आइतबार कैलाश गाउँपालिका वडा नम्बर ४ को नामटार र डाँडा, वडा नम्बर ९ को जलेश्वर, टिमुरे र खैरेनीटार तथा वडा नम्बर १० को घैराङटारमा लगाएको अवैध लागूऔषध गाँजाखेती फडानी गरी नष्ट गरिएको प्रहरीले जनाएको छ ।

Exit mobile version