Home मुख्य समाचार पार्टी परिवर्तन गर्न लागेकोे हल्ला चलाएकोमा कांग्रेस जिल्ला सदस्य अधिकारीको आपत्ति

पार्टी परिवर्तन गर्न लागेकोे हल्ला चलाएकोमा कांग्रेस जिल्ला सदस्य अधिकारीको आपत्ति

हेटौंडाः नेपाली कांग्रेस मकवानपुरका जिल्ला सदस्य गोपिप्रसाद अधिकारीले केहिदिन यता आफु विरुद्ध पार्टी परिवर्तन गर्न लागेको भनि चलाएको हल्ला प्रति गम्भिर ध्यानाकर्षण भएको बताउनुभएको छ ।
एक प्रेस नोट सार्वजनिक गर्दै जिल्ला सदस्य अधिकारीले केहि गलत नियतका व्यक्तिहरुले आफ्नो चरित्र हत्या गर्ने दुस्प्रयास गरेको भन्दै यस्ता भ्रमपूर्ण अभिव्यक्ति र हल्लाप्रति नलाग्न आग्रह गर्नुभएको छ ।

तत्कालिन मकवानपुर गढी गाविसको कांग्रेस सभापतिको रुपमा दुई/दुई पटक नेतृत्व गरिसकेको र हाल जिल्ला कार्यसमितिमा रहि काम गरिरहेको अवस्थामा मकवानपुरगढी गाउँपालिकाका केहि राजनितिक अराजकहरुले आफु विरुद्ध पार्टी परिवर्तन गर्न लागेकोे हल्ला चलाएको भन्दै अधिकारीले आपत्ति जनाएका छन् ।

उहाँले अराजक समूहको हल्लाको पछि नलाग्न र त्यसमा कुनैपनि सत्यता नरहेको स्पष्ट पारेका छन् । आफु नेपाली कांग्रेसको ६ दशकदेखि अनवरत क्रियाशिल एक सिपाही रहेको उल्लेख गर्दै पार्टीको विभिन्न तह र तप्कामा रहेर पार्टीको विकास र उन्नतीका साथै पार्टीले दिएको जिम्मेवारी र निर्देशन कर्तव्यनिष्ठ भएर पालना गरिरहेको र भोलीका दिनमा पनि आफ्नो पार्टीप्रतिको निष्ठा र क्रियाशिलता निरन्तर रहने बताउनुभयो । उहाँले नेपाली कांग्रेसको प्राजातान्त्रिक आस्थामा गोलबद्ध हुन आम सर्वसाधरणलाई आग्रह समेत गर्नुभएको छ ।

Exit mobile version