Home मुख्य समाचार हेटौंडाको हेल्थकेयरमा आगलागीः १० लाख रुपैयाँ बराबरको क्षति

हेटौंडाको हेल्थकेयरमा आगलागीः १० लाख रुपैयाँ बराबरको क्षति

गुगल तस्बिर

हेटौंडाः हेटौंडा–१० स्थित एक हेल्थ केयर सेन्टरमा आगलागी हुँदा १० लाख रुपैयाँ बराबरको सामान जलेर नष्ट भएको छ । आइतबार बिहान ८ बजेको समयमा सुभाष लामाको घरमा पंकज दास बनियाँले सञ्चालन गरेको हेल्थ केयर सेन्टरमा बिजुलीको तार सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागी हुँँदा मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो । आगलागी भएको ठाउँमा वडा प्रहरी कार्यालय हेटौंडाबाट प्रहरी निरीक्षक र प्रहरी चौकी बसपार्कबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको टोलीले प्रहरी, दमकल र स्थानीयको सहयोगमा ८ बजेर ४५ मिनेटमा आगो नियन्त्रणमा लिएको थियो ।

Exit mobile version