Home मुख्य समाचार बागमती प्रदेशका सामाजिक विकासमन्त्री मोक्तान सम्मानित

बागमती प्रदेशका सामाजिक विकासमन्त्री मोक्तान सम्मानित

सामाजिक विकास मन्त्री नियुक्त हुनुभएकी कुमारी मोक्तानलाई सम्मान गरिँदै ।

हेटौंडाः बागमती प्रदेशकी नवनियुक्त सामजिक विकास मन्त्री कुुमारी मोेक्तानलाई हेटौंडामा सम्मान गरिएको छ । शनिबार नेपाल तामाङ घेदुङ संघ बागमती प्रदेश र तामाङ पक्रकार संघ मकवानपुरले संयुक्त रुपमा नवनियुक्त मन्त्री मोेक्तानलाई सम्मान गरिएको होे ।

नेपाल तामाङ घेदुङ संघ बागती प्रदेशका अध्यक्ष लिला कुमार घलानकोे सभाध्यक्षमा भएको कार्यक्रममा बागमती प्रदेशका नवनियुक्त सामाजिक विकासमन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता रहेको थियोे । मन्त्री मोेक्तान मकवानपुरका पहिलो पटक महिला मन्त्री बनेकोे भन्दैै सम्मान गरिएकोे होे । मन्त्री मोक्तानलाई नेपाल तामाङ घेदुङ संघ बागमती प्रदेश र तामाङ पत्रकार संघ मकवानपुरले सम्मान पत्र प्रदान गरिएको थियोे ।

कार्यक्रममा नेपाल तामाङ घेदुङ संघका केन्दीय सदस्यहरु सुनिल मोक्तान, लक्ष्मी लामा, नेपाल तामाङ घेदुङ संघ मकवानपुरका अध्यक्ष कालुु लामा, सचिव आत्माराम मोक्तान, तामाङ पत्रकार संघ मकवानपुरका अध्यक्ष जयराम मोक्तान लगायतको आतिथ्यता रहेको थियो ।

Exit mobile version