Home मुख्य समाचार नेकपा एमाले हेटौंडा नगर अधिवेशन सुरुः प्रमुख अतिथिमा शंकर पोखरेल आउँदै

नेकपा एमाले हेटौंडा नगर अधिवेशन सुरुः प्रमुख अतिथिमा शंकर पोखरेल आउँदै

हेटौंडाः नेपाल कम्युनिष्ट पार्टी एमालेको हेटौंडा नगर प्रथम अधिवेशन सुरु भएको छ । नेकपा एमाले हेटौंडा नगर कमिटी अध्यक्ष शालिकराम पुडासैनीको सभाध्यक्षतामा अधिवेशन सुरु भएको हो ।

हेटौंडा–४ स्थित रोयल पार्टी प्यालेसमा भर्खरै सुरु भएको नगर अधिवेशनलाई सम्बोधन गर्न प्रमुख अतिथिको रुपमा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नकपा एमाले केन्द्रिय स्थायी कमिटी सदस्य शंकर पोखरेल आउँदै हुनुहुन्छ । हेटौंडा उपमहानगर अधिवेशनमा आयोजक कमिटी, पार्टी सदस्यहरुले चुनेका प्रतिनिधीहरु गरी लगभग ७ सय जना प्रतिनिधीहरुको उपस्थितिमा अधिवेशन सुरु भएको आयोजकले जनाएको छ । आज शनिबार हेटौंडा उपमहानगरपालिकासहित मकवानपुरका ८ वटा पालिकामा एमाले पालिका अधिवेशन भइरहेको छ ।

जसमा थाहा नगर अधिवेशन पालुङमा, गाउँपालिका अन्तर्गत मनहरी अधिवेशन रजैयामा, भीमफेदी अधिवेशन भीमफेदी बजारमा, इन्द्रसरोबर अधिवेशन कुलेखानीमा आयोजना हुने जनाइएको छ । यसैगरी बागमती अधिवेशन फापरबारीमा, बकैया अधिवेशन हात्तिसुडेमा र मकवानपुरगढी अधिवेशन आमभन्ज्याङ्मा आयोजना भइरहेको नेकपा एमाले मकवानपुरका सचिव एकलाल श्रेष्ठले जानकारी दिनुभयो ।

मकवानपुरको कैलाश र राक्सिराङ गाउँपालिकामा भने पार्टी अधिवेशन सम्पन्न भइसकेको छ । शुक्रबार कैलाश गाउँपालिकामा प्रथम अधिवेशन सम्पन्न भएको हो भने बिहिबार राक्सिराङमा पनि प्रथम अधिवेशन भएको हो । शुक्रबार कैलाशमा भएको अधिवेशनबाट पुण्य प्रसाद भण्डारीलाई पार्टीको गाउँपालिका कमिटी अध्यक्षतामा ७५ सदस्यीय गाउँपालिका कमिटी सर्वसम्मत रुपमा चयन गरिएको छ । यस्तै राक्सिराङ गाउँपालिकामा भएको अधिवेशनबाट सिंहराम रुम्बा (रोहन) को अध्यक्षतामा ७५ सदस्यीय गाउँपालिका कमिटी गठन भएको छ ।

Exit mobile version