हेटौंडाः नेकपा (एकीकृत समाजवादी) का बागमती प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डेले मुख्यमन्त्रीको रुपमा सपथ लिनुभएको छ । पाण्डेले प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट पद तथा गोपनियताको सपथ लिनुभएको हो । उहाँले सपथ पछि मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पुगेर आफ्नो पदभार ग्रहण गरिसकेका छन् ।

बागमती प्रदेशका नवनियुक्त तीन मन्त्रीले लिए सपथ

बागमती प्रदेशका नववियुक्त तीन मन्त्रीले सपथ लिएका छन् । प्रदेश मन्त्री बनेका कृष्ण भँडेल, कुमारी मोक्तान र कृष्ण खनालले पद तथा गोपनियताको सपथ लिएका हुन् । नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनियताको सपथ गराएका हुन् । कांग्रेसका भँडेल भौतिक पूर्वाधार विकास मन्त्री, नेकपा एकीककृत समाजवादीका खनाल आन्तरिक मामिला तथा कानुन मन्त्री र माओवादी केन्द्रकी मोक्तान सामाजिक विकास मन्त्री बनेका छन् । उनीहरु पनि आफ्नो मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका छन् ।