शैक्षिक सामग्री हस्तान्तरण गर्नुहुँदै ।

हेटौंडाः हेटौंडा–७, नागस्वतीस्थित हेटौंडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले लक्ष्मी आधारभूत विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । संस्थाका अध्यक्ष, उपाध्यक्ष, सचिव र लेखापालको सामूहिक सहयोगमार्फत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई कापी कलम हस्तान्तरण गरिएको हो ।

विद्यालयका प्रधानाध्यापक ताराप्रसाद अधिकारीको सभाध्यक्षतामा भएको शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रममा हेटौंडा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ईन्द्र बहादुर बस्नेतको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा विद्यालयका शिक्षक–शिक्षिकाको उपस्थिति रहेको थियो ।