हेटौंडाः बागमती प्रदेशको पूर्व सामाजिक विकास मन्त्री कृष्ण खनाल एकीकृत समाजवादीको कोटाबाट आन्तरिक मामिला तथा कानुन मन्त्रीको लागि सिफारिस भएका छन् ।

यसअघिका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको सरकारमा खनाल सामाजिक विकास मन्त्रीमा नियुक्त भएका थिए । नेकपा एमाले विभाजन हुँदा एकीकृत समाजवादी रोजेका चितवनका खनाल प्रदेशको कानुन मन्त्रीको लागि सिफारिश भएका हुन् ।

यस्तै सामाजिक विकास मन्त्रीमा नेकपा माओवादीबाट कुमारी मोक्तान र भौतिक पूर्वाधार विकास मन्त्रीमा नेपाली कांग्रेसका कृष्ण भँडेल सिफारिस भएको नेकपा एकीकृत समाजवादी बागमती प्रदेशको प्रमुख सचेतक मुनु सिग्देलले बताउनुभयो ।