Home मुख्य समाचार सामाजिक विकास मन्त्री विजय सुवेदीले सार्वजनिक गरे ४९ दिनसम्मको कार्यप्रगति

सामाजिक विकास मन्त्री विजय सुवेदीले सार्वजनिक गरे ४९ दिनसम्मको कार्यप्रगति

हेटौंडाः बागमती प्रदेशको कामचलाउन सामाजिक विकास मन्त्री विजयी सुवेदीले चितवनको जेष्ठ नागरिक संघलाई ६० हजार ३ सय २० रुपैयाँ हस्तान्तरण गर्नुभएको छ । बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै ५१ दिनसम्म मन्त्रीको भूमिकाम रहँदा गरेको काम सार्वजनिक गर्नुभएको छ । उहाँको प्रमुखु स्वकीय सचिव सन्तोष पन्तले भाद्र २३ मन्त्रीमा नियुक्त भएदेखि ४९ औं दिनसम्मको दैनिक कार्यविवरण सार्वजनिक गर्नुभएको छ ।

मन्त्री सुवेदीले आफ्नो छोटो समयको अवधिमा बागमती प्रदेशलाई साक्षर बागमती प्रदेश घोषणा गर्न सफल भएका छन । यस्तै प्रदेश शिक्षा नीति मन्त्रीपरिषद्बाट स्वीकृत हुन मात्र बाँकी रहेको छ । यस्तै रोजगार सुचना प्रणालीको विकास तथा मन्त्रालयमा चेन अफ कमान्ड स्पष्ट कायम गरेका छन् ।

मन्त्री सुवेदीले ५१ दिनसम्म मन्त्रीको हैसियमा रहँदा १ लाख ६२ हजार रुपैयाँ बुझिसकेको र केही थप रकम आउँन बाँकी रहेको बतानुभयो । उहाँले ६ वटा मन्त्रीपरिषद्को बैठकमा भाग लिनुभएको छ ।
मन्त्री सुवेदीले पाएको एक गाडि र सुरक्षाकर्मी बिहीबार नै फिर्ता गराउको मन्त्रालयका सचिव यज्ञ ढुंङ्गेललाई जानकारी गराउनुभयो ।

उहाँले छोटो समयमा गर्ने इन्छाशक्ति भए धेरै काम गर्न सकिने बताउनुभयो । छोटो समयमा प्रदेशको मन्त्रीको जिम्मेवारी सम्हाल्न पाएकोमा नेकपा एमाले र मन्त्रीमा नियुक्त गर्ने पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई धन्यवाद दिनुभएको छ । मन्त्री सुवेदीले सिक्ने, बुझ्ने र भावी कार्यायोजना कार्यान्वय गर्ने अवसर पाएको र सेवा गर्ने मौका पाएकोले सहयोग गर्ने मन्त्रालयका कर्मचारीहरुलाई धन्यवाद व्यक्त गर्दे बिदा हुनुभएको छ ।

Exit mobile version