Home मुख्य समाचार बागमती प्रदेश सभाको अर्थ तथा विकास समिति लामो समयदेखि सभापतिबिहीन

बागमती प्रदेश सभाको अर्थ तथा विकास समिति लामो समयदेखि सभापतिबिहीन

हेटौंडाः बागमती प्रदेश सभाको अर्थ तथा विकास समितिको सभापति रिक्त भएको लामो समय भएपनि सभापति नियुक्त हुन सकेको छैन । यसअघिका अर्थ तथा विकास समितिका सभापति सरेश नेपाल उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री भएपछि रिक्त भएको सभापति अझै पूर्ति हुन सकेको छैन । सभापतिको नियुक्ती नहुँदा अनुगमनका कामहरु प्रभावित हुँदै आएको छ । समितिको सभापति मन्त्रीपरिषद् विस्तार पछि हुने समितिका जेष्ठ सदस्य आङ देण्डी लामाले बताउनुभयो ।

समितिको जेष्ठ सदस्य आङ देण्डी लामाको अध्यक्षतामा बिहीबार हेटौंडामा बैठक बसेको थियो । बैठकले कार्यविधि निर्माण गर्ने, निर्मित कानुनले प्रत्यायोजित गरेको अधिकार अनुसार सरकारले नियम बनाए–नबनाएको अध्धययन गर्ने, प्रदेश सरकारको विकास निर्माणको प्रभावकारीता अध्धययन गर्ने लगायत निर्णय गरेको समितिका सदस्य युवराज दुलालले जानकारी दिनुभयो ।

Exit mobile version