हेटौंडाः मकवानपुरको बागमती गाउँपालिका कार्यालयबाट पालिकाअन्तर्गतका २ वटा वडाका स्थानीय घर परिवारहरुलाई एक सय ५० थान विद्युत् मिटरबक्स वितरण गरिएको छ । गाउँपालिकाका अध्यक्ष सर्केश घलानको पहल र समन्वयमा मिटरबक्स वितरण गरिएको जनाइएको छ ।
नेपाल विद्युत् प्राधिकरण हेटौंडा वितरण केन्द्र प्रमुख नरेन्द्रवीर श्रेष्ठको अगुवाईमा खटिएको टोलीले मिटरबक्स वितरण गरेको बागमती गाउँपालिकाका स्वकीय सचिव मनोज बलले जानकारी दिए । आफ्नै गाउँपालिका कार्यालयबाट सहजरुपमा मिटरबक्स पाउँदा गाउँपालिकाका २ र ३ नम्बर वडाका स्थानीय बासिन्दा खुशी भएका छन् ।
मिटरबक्स वितरण कार्यक्रममा बागमती गाउँपालिकाका कार्यकारी अधिकृत दिलीपकुमार श्रेष्ठ, ३ नम्बर वडाका वडा अध्यक्ष बलबहादुर पाख्रिन, ४ नम्बर वडाका वडा अध्यक्ष रहरमान थिङ, ५ नम्बर वडाका वडा अध्यक्ष बुद्धिमान माझी, कार्यपालिका सदस्य जनक पहरी, भगवती माझी, नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति सदस्य सुनिता खड्का, दिलदोर्जे पाख्रिन, गाउँपालिका पार्टी अध्यक्ष अरुण बल, पूर्वकार्यकारी प्रमुख सुक्रमान राई, वडापालिका सदस्य वीरबहादुर थिङसहितको उपस्थिति थियो ।