Home अर्थ/व्यापार वाणिज्यतर्फ सदस्यमा अग्रवाल प्यानलका ३, न्यौपाने प्यानलका ४ विजयी

वाणिज्यतर्फ सदस्यमा अग्रवाल प्यानलका ३, न्यौपाने प्यानलका ४ विजयी

मंगलबार भएको मतदान कार्यक्रममा सहभागीहरु ।

हेटौंडाः मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचनमा वाणिज्यतर्फ सदस्यमा कृष्णकुमार गुप्ता अग्रवाल समूहका ३ जना र राजकुमार न्यौपाने समूहका ४ जना निर्वाचित भएका छन् ।

बुधबार बिहान सार्वजनिक भएको अन्तिम मतपरिणामअनुसार वाणिज्यतर्फ सदस्यमा अग्रवाल समूहका कुलप्रसाद चौलागाईको ९०३, विकेशलाल श्रेष्ठको ८७०, अनिलभक्त श्रेष्ठको ७५८ मतसहित विजयी हुँदा न्यौपाने समूहका सुदर्शन खरेल ७७१ मत, नेत्रप्रसाद खतिवडा ७२३ मत, माधव ज्ञवाली ६८३ मत र दिवश पराजुली ६५८ मतसहित विजयी भएका छन् । वाणिज्यतर्फ उपाध्यक्ष पदमा अग्रवाल समूहका अनिल अग्रवाल विजयी हुनुभएको छ ।

Exit mobile version