हेटौंडा : मकवानपुरमा सोमबार ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५३ जनामा गरिएको पिसीआर परिक्षणमा ५ जनामा र २० जनामा गरिएको एन्टिजेन परिक्षणमा १ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । संक्रमण हुनेमा हेटौंडा उपमहानगरपालिकाका ५ जना र थाहा नगरपालिकाका १ जना रहेका छन् ।
हाल संस्थागत आइसोलेसनमा ३ जना र होम आइसोलेसनमा ७७ जना कोरोना संक्रमित रहेका छन् । यस्तै, सोमबार होम आइसोलेसनमा बस्ने ३ जना कोरोना संक्रमित कोरोना मुक्त भएका छन् । हाल जिल्ला भरी ८० जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् ।