तस्बिर गुगल

हेटौंडाः विश्व पोलियो दिवसका अवसरमा आइतबार हेटौंडामा प्रभातफेरि कार्यक्रम गरिएको छ । राटरी क्लब अफ हेटौंडा, रोटरी क्लब अफ मकवानपुर, रोट्रयाक्ट क्लब अफ हेटौंडा र रोट्रयाक्ट क्लब अफ मकवानपुरको संयुक्त आयोजनामा प्रभातफेरि कार्यक्रम गरिएको हो ।

हरेक वर्ष २४ अक्टोबरमा मनाइने विश्व पोलियो दिवसको अवसरमा रोटरी तथा रोट्रयाक्ट क्लबले आयोजना गरेको प्रभातफेरि हेटौंडाको मकवानपुर उद्योग वाणिज्य संघ चोकबाट सुरु भई सीमा चोकमा पुगेर अन्त्य भएको थियो । प्रभातफेरिमा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतसहित उद्योग संघका पदाधिकारी, नेपाल क्यान्सर सोसाइटीका पदाधिकारीलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता थियो ।

प्रभातफेरि कार्यक्रमका संयोजक प्रकाश ढकालले सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रममा पोलियो रोगका बारेमा जानकारी दिइएको थियो ।