Home मुख्य समाचार हेटौंडा आएर रमेश खरेलले भने नेताहरुले देश बनाउँदैनन्

हेटौंडा आएर रमेश खरेलले भने नेताहरुले देश बनाउँदैनन्


हेटौंडाः नेपाल प्रहरीको पूर्व डिआइजी रमेश खरेलले नेताहरुले देश बनाउने आशा गर्न नसकिने बताउनुभएको छ । बिहीबार हेटौंडामा “ राष्ट्रियता, सुशासन र समुद्धि नेपाल सुशासन अभियान” को जिल्ला छलफलमा बोल्दै पूर्व डिआइजी खरेलले देशमा भष्ट्राचार न्यूनिकरण गर्न, देश बनाउन अभियान लिएर आएको बताउनुभयो । उहाँले जनताले नेताहरुको बारे, भ्रष्टाचारको विरुद्ध नबोले नेताले जे पनि गर्ने बताउनुभयो ।

२०७४ सालमा प्रति नेपाली २३ हजार ऋण थियो, अहिले त्यो ऋण बढेर ५७ हजार पुगेको उहाँले बताउनुभयो । ४ वर्षमा १० खर्बभन्दा बढी ऋण बढिसकेको भन्दै कमिसन नै कमिसन खान पुगेको उहाँले बताउनुभयो । जनताले पठाएको नेता नै कमिसनको वरिपरि घुमेको उहाँले आरोप लगाउनुभयो ।

उहाँले सुशासन युक्त राष्ट्र बनाउन हामीबाटै पहल गर्ने भन्दै कुशासन विरुद्ध जनता बोल्नुपर्ने बताउनुभयो । उहाँले हेटौंडामा आएर कसरी देश बचाउन र सुशासन कायम गरेर अघि बढ्न सकिन्छ भनेर छलफल समेत गर्नुभएको छ । यस्तै रमेश खरेलको अभियानको १४ सदस्यीय हेटौंडा उपमहानगर तदर्थ कमिटी समेत निर्माण भएको छ । केही सदस्यहरु पछि थप हुने बताइएको छ ।

Exit mobile version