Home मुख्य समाचार पत्रकारको संस्थागत विकासमा स्थानीय सरकारले सहयोग गर्नेः मेयर महत

पत्रकारको संस्थागत विकासमा स्थानीय सरकारले सहयोग गर्नेः मेयर महत

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले मकवानपुरका पत्रकारको संस्थागत बिकाशका लागि स्थानीय सरकारले सहयोग गर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको आयोजनामा विजया दशमी, शुभ दिपावली, नेपाल सम्वत तथा छठपर्बको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले पत्रकारको क्षमता बिकासका लागि सहयोग गर्ने बताउनुभएको हो ।


मकवानपुरका एक सय ६४ जना पत्रकारको पाँच लाख रुपैयाँका दरले दुर्घटना बिमा गर्नका लागि कार्यपालिकाबाट निर्णय गरिसकिएको र पत्रकार पेन्सन कोषमा पनि दश लाख रुपैयाँ सहयोग गर्ने निर्णय भइसकेको मेयर महतले बताउनुभयो । पत्रकार महासंघ मकवानपुरको अध्यक्ष मणिराज गौतमको सभाध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्ष लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।

Exit mobile version