Home मुख्य समाचार ३१ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसमा ओम वृद्धाश्रमलाई सरसफाइ सामग्री सहयोग

३१ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसमा ओम वृद्धाश्रमलाई सरसफाइ सामग्री सहयोग

हेटौंडाः हेटौंडा–२ स्थित ओम वृद्धाश्रममा ३१ औ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइएको छ । सामाजिक विकास मन्त्रालय बागमती प्रदेशको आयोजना तथा ज्येष्ठ नागरिक जिल्ला संघ मकवानपुरको समन्वयमा जेष्ठ नागरिक दिवस मनाइएको हो ।

यस अवसरमा सामाजिक विकास मन्त्रालयले ५–५ लिटर फिनेल र हर्पिक्स, फिनेल कुचो, हन्डवास, माक्स लगायत स्वास्थ्य सामाग्री ओम वृद्धाआश्रमलाई सहयोग गरेको छ ।

यसैगरी १० जना ज्येष्ठ नागरिक र स्याहारकर्ता ८ जनालाई सम्मानित गरेको छ । शिक्षक हरिप्रसाद सिग्देलको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रमका प्रमुख अतिथि सामाजिक विकास महाशाखाका प्रमुख गोपाल प्रसाद कडेलले संरक्षणका निति नभएको र सम्पूर्ण ज्येष्ठ नागरिकको हकहितमा अवश्यक आधारभूत सेवा उपयुक्त रुपमा दिन नसकेको बताउनुभयो ।

नेपालमा २६ हजारभन्दा बढी जेष्ठ नागरिक रहेको छ । बालकल्याण समाजका संयोजक प्रकाश खतिवडाले दिवस मनाइरहेको अवस्थामा जेष्ठ नागरिकको सम्पूर्ण हकअधिकार स्थापित हुनुपर्ने बताउनुभयो । सबै उमेर समूहको लागि विद्युतिय प्रविधिको प्रयोगमा समानता नाराका साथ दिवस मनाइएको थियो ।

Exit mobile version