हेटौंडाः मकवानपुरमा बुधबार ९ जनामा कोरोना संक्रमण पुष्टि छ । ८४ जनामा गरिएको पिसीआर परिक्षणमा ७ जनामा र ७८ जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
संक्रमण हुनेमा हेटौंडा उपमहानगरपालिकाका ६ जना र थाहा नगरपालिकाका ३ जना रहेका छन् । योसँगै जिल्लामा हालसम्म कोरोना पुष्टि हुनेको कुल संख्या १५ हजार २ सय ३८ जना पुगेको छ ।
जिल्लामा यसै अवधिमा २२ जना कोरोना मुुक्त भएका छन् । होम आइसोलन बस्ने २१ जना र १ जना संस्थागत आइसोसन बस्ने कोरोना मुक्त भएका हुन् । जिल्लामा हाल १ सय ८८ जना कोरोना संक्रमितहरु रहेका छन् । जसमध्ये ९ जना संस्थागत आइसोलेसनमा र १ सय ७९ जना होम आइसोलेसनमा रहेका छन् । यो अवधिमा जिल्लामा कोरोना भाइरस संक्रमणका कारण कसैको पनि ज्यान गएन । जिल्लामा हालसम्म १ सय ६४ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाइसकेका छन् ।
जिल्लामा हालसम्म १ लाख ४४ हजार ६ सय ८५ जनाले कोभिड–१९ विरुद्धको पहिलो मात्राको खोप लगाएका छन् । यस्तै पुर्ण खोप १ लाख ५ हजार ५ सय ३५ जनाले लगाएका छन् ।