हेटौंडाः हेटौंडा–१३ पदमपोखरीमा १ दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शनिबार सञ्चालन भएको स्वास्थ्य शिविरमा बाथ रोग, छाला सम्बन्धी रोग, जीवनशैली रोग, नसा सम्बन्धी, ग्याष्ट्रिक, प्रेसरको उपचार गरिएको थियो ।
शिविरमा २१० जनाले उपचार सेवा लिएका छन् । शिविरमा डा. रमेश चौधरी, रविन भुसाल, नितेश कुमार गिरी, लक्ष्मी नारायण भगतले स्वास्थ्य परीक्षण गर्नुभएको थियो ।
लायन्स क्लब अफ हेटौंडा भुटनदेवीको अध्यक्ष गायत्री श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा १३ नम्बर वडाका वडा अध्यक्ष मनोज वाईबाको प्रमुख आतिथ्य रहेको थियो । स्वास्थ्य शिविरमा लायन्स क्लब इन्टरनेशलन ३२५ बी २ की डेप्युटी गभर्नर अंकिता सुमार्गी, क्लबकी निवर्तमान अध्यक्ष पुष्पा भट्ट, लियो क्लब अफ हेटौंडा भुटनदेवीकी अध्यक्ष मेनुका लामाको उपस्थिति रहेको थियो ।