हेटौंडा : हेटौंडा – १० स्थित गोरक्षश्वर स्वाब सङ्कलन केन्द्रबाट सोमबार ४६ जनाको स्वाब नमुना सङ्कलन गरिएको छ ।
१९ जना महिला र २७ जना पुरुषको स्वाब नमुना सङ्कलन गरी कोरोना परिक्षणको लागी हेटौंडा अस्पतालको पिसीआर प्रयोगशालामा पठाइएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले जानकारी दिनुभयो ।
कोरोना परिक्षणको लागी सोमबार स्वाब सङ्कलन गराएकाहरुको कोरोना परिक्षणको रिपोर्ट मंगलबार दिउँसो २ बजे आउने उहाँले बताउनुभयो । यस्तै, बिहान ६ बजे देखि ८ बजे सम्म स्वाब सङ्कलन गरिने पनि उहाँले जानकारी दिनुभयो ।