हेटौंडाः हेटौंडामा शुक्रबार ३१ जनाको स्वाब नमूना संकलन भएको छ ।
हेटौंडा–१० स्थित गोरक्षेश्वर स्वाब संकलन केन्द्रबाट कोरोना परिक्षण गर्नको लागि १६ जना महिला र १५ जना पुरुषको स्वाब संकलन गरिएको हो । हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले उनीहरुको स्वाब नमूना कोरोना परीक्षणको लागि हेटौंडा अस्पतालको पीसीआर प्रयोगशालमा पठाएको जानकारी दिनुभयो ।