हेटौंडा : हेटौंडामा मंगलबार ६० जनाको स्वाब नमूना संकलन भएको छ ।
३३ जना महिला र २७ जना पुरुषको स्वाब नमूना संकलन भएको हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले बताउनुभयो । उहाँका अनुसार संकलित स्वाब नमूनलाई परिक्षणको लागि हेटौंडा अस्पतालको पीसीआर प्रयोगशालमा पठाइएको छ । मंगलबार कोरोना परिक्षणको लागी स्वाब सङ्कलन गराएकाहरुको कोरोना परिक्षणको रिपोर्ट बुधबार आउने छ ।