Home मुख्य समाचार बागमती प्रदेश प्रहरी ब्याण्ड गुल्मको प्रस्तुतीमा हेटौंडामा म्युजिकल थेरापी

बागमती प्रदेश प्रहरी ब्याण्ड गुल्मको प्रस्तुतीमा हेटौंडामा म्युजिकल थेरापी

हेटौंडाः बागमती प्रदेशको राजधानी हेटौंडामा आइतबार म्युजिक थेरापी सम्पन्न भएको छ ।

संविधान दिवस २०७८ को अवसरमा प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा भएको म्युजिकल थेरापी बागमती प्रदेश प्रहरी ब्यान्ड गुल्म हेटौंडाले प्रस्तुती गरेको थियो ।

तनावबाट मुक्त हुन म्युजिकल थेरापी आयोजना गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी निरीक्षक रोशन थापाले जानकारी दिनुभयो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत लगायत सयौ सर्वसाधारणको उपस्थिति रहेको थियो ।

Exit mobile version