हेटौंडाः हेटौंडा उपमहानगरपालिका न्यायिक समितिको आयोजनामा भएको समुदायस्तरीय अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ । हेटौंडा १६, १७ र १८ नम्बरको वडाको हटियामा, १२, १३, १४ र १५ नम्बर वडाको पदमपोखरीमा, ११, ३ र १९ नम्बर वडाको बसामाडीमा र ३ नम्बरबाहेक १ देखि १० नम्बर वडाको बनसखण्डीस्थित गैससको भवनमा गरिएको थियो ।
हेटौंडा उपमहानगरपालिकाले चार चरणमा समुदायस्तरीय अनुशिक्षण कार्यक्रम सम्पन्न गरेको न्यायिक समिति हेटौंडा उपमहागनरका सदस्य ईन्द्र नेपालले बताउनुभयो । समापन कार्यक्रममा हेटौंडा उपमहानगरकी उपमेयर एवम् न्यायिक समितिकी संयोजक मीना लामा, वडा अध्यक्ष सविन न्यौपानेलगायतको उपस्थिति रहेको थियो ।