Home मुख्य समाचार मकवानपुरबाट १८३४ कांग्रेस क्षेत्रीय प्रतिनिधि निर्वाचित

मकवानपुरबाट १८३४ कांग्रेस क्षेत्रीय प्रतिनिधि निर्वाचित

हेटौंडाः नेपाली कांग्रेसको जिल्ला निर्वाचन समिति मकवानपुरले गएको भदौ २० गते भएको वडा तहको अधिवेशनबाट निर्वाचित भएका क्षेत्रीय प्रतिनिधिहरुको नामावली उपलब्ध गराएको छ । आइतबार कांग्रेस मकवानपुरको पार्टी कार्यालयमा सहायक निर्वाचन अधिकृतहरु रामकुमार अधिकारी, कृष्ण न्यौपाने र राजबाबु पहाडीले उपसभापति बिष्णु लामिछाने, प्रवक्ता प्रदीप कोइराला र अन्य पदाधिकारीसमक्ष सो नामावली उपलब्ध गराइएको हो । नामावली बुझ्दै उपसभापति लामिछानेले निर्वाचित सबैलाई बधाई दिँदै वडा तहको अधिवेशन सम्पन्न गर्न भूमिका निर्वाह गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो ।

कांग्रेस मकवानपुरको १०२ वटा वडाबाट कुल १ हजार ८ सय ३४ जना क्षेत्रीय प्रतिनिधि चयन भएका छन् । जसमध्ये १०२ वडाका सभापति स्वत क्षेत्रीय प्रतिनिधि हुने प्रावधान रहेको प्रवक्ता कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा बढी हेटौंडा उपमहानगरपालिकाका १९ वटा वडाबाट कूल ४ सय २० जना र थाहा नगरपालिकाका १२ वडाबाट १९८ जना निर्वाचित भएका छन् । त्यस्तै ८ वटा गाउँपालिकाका ७१ वटा वडाबाट कूल १ हजार २ सय १६ जना निर्वाचित भएको प्रवक्ता कोइरालाले जानकारी दिनुभयो ।

गाउँपालिकाबाट निर्वाचित हुनेहरुमा क्रमशः मकवानपुरगढी १ सय ३७, राक्सिराङ, १ सय ५४, कैलाश १ सय ७९, ईन्द्रसरोवर ७८, भीमफेदी १ सय ५७, बकैया १ सय ९४, बागमती १ सय ५४ र मनहरी १६३ जना रहेका छन् । कुल नामावलीमा मकवानपुर सभापति, संघीय सभापतिसहित करिब ७ जना क्षेत्रीय प्रतिनिधि थप हुने कांग्रेस मकवानपुरले जनाएको छ ।

Exit mobile version