हेटौंडाः शनिबार भर्जुअल माध्यमबाट मकवानपुरको अग्रणी साहित्यिक संस्था झरना साहित्यिक परिवारको २६८ औं साहित्य श्रृंखलाको अवसरमा रचना वाचन कार्यक्रम भएको छ । सर्जक तथा साहित्यकारहरुले गजल, मुक्तक, कविता जस्ता रचना वाचन गरिएको थियो ।
झरना साहित्यिक परिवार मकवानपुरका उपाध्यक्ष विश्वनाथ सञ्जेलको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा झरना साहित्यिक परिवार मकवानपुरका संस्थापक तथा सल्लाहकार रमेशमोहन अधिकारीको प्रमूख अतिथ्यता रहेको थियो । अधिकारीले साहित्य जगतमा अहिलेको पुस्तालाई सक्रिय बनाउन जोड दिनुपर्ने बताउनुभयो ।
विद्यालयका शिक्षक, विद्यार्थी र सर्जकहरुको क्रियाशिलता बढेमा भावी दिनमा समाज परिवर्तन साथै मकवानपुरलाई साहित्य जगतमा स्थापित गर्न सहयोग पुग्ने बताउनुभयो । बकैया बाल साहित्य परिचालन समितिका संयोजक चिरञ्जीवी लामिछाने, सन्तराम राई, बसिस्ता घिमीरे, कृष्ण घटानी, स्वास्तिका बानियाँ लगायतको उपस्थिति रहेको थियो ।