फाइल तस्बिर ।

हेटौंडा : मंगलबार ६ जनामा कोरोना संक्रमण देखिएको छ । ७७ जनामा गरिएको पिसीआर परिक्षणमा ६ जनामा संक्रमण देखिएको हो । १८ जनामा गरिएको एन्टिजेन परिक्षण गर्दा भने संक्रमण नदेखिएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

मंगलबार संक्रमण देखिएका ६ जना हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । यस्तै मंगलबार होम आइसोलेसनमा बस्ने १४ र संस्थागत आइसोलेसनमा बस्ने २ जना गरी १६ जना कोरोना संक्रमित कोरोना मुक्त भएका छन् । हाल संस्थागत आइसोलेसनमा १३ जना र होम आइसोलेसनमा ३०० जना संक्रमित रहेका छन् ।