Home मुख्य समाचार भीमफेदी–४ मा १६ सदस्यीय वडा कमिटी चयन

भीमफेदी–४ मा १६ सदस्यीय वडा कमिटी चयन

हेटौंडाः मकवापनुरको भीमफेदी गाउँपालिका वडा नम्बर ४ मा १५ सदस्यीय वडा कमिटी चयन भएको छ । भीमफेदी–४ को सभापतिमा अंकित पूडासैनी सर्वसम्मत चयन भएका छन् ।

यस्तै वडा उप सभापतिमा सिंह बहादुर पाख्रिन, भीम बहादुर गोम्जा, सचिवमा सिर्जना सापकोटा, भूवन पूडासैनी, सहसचिवमा रामकुमार सिलवाल, मञ्जुदेवी पूडासैनी, सदस्यमा रमेश पुलामी चयन भएको वडा निर्वाचन अधिकृत सुरेन्द्र जयश्वालले बताउनुभयो ।

यसैगरी क्षेत्रिय प्रतिनिधिमा अपाङ्गता कोटाबाट उमाकान्त पूडासैनी, दलित कोटाबाट शान्ति बिकसहित १७ जन चयन हुनुभएको निर्वाचन अधिकृत जयश्वालले बताउनुभयो ।

Exit mobile version