Home खेलकुद झापा एफसीका खेलाडीलाई हेटौंडामा कोरोनाको खोप

झापा एफसीका खेलाडीलाई हेटौंडामा कोरोनाको खोप

हेटौंडाः सहिद स्मारक ‘सी’ डिभिजन लिग छनोट प्रतियोगिताको तयारी अनुरुप बन्द प्रशिक्षणका क्रममा हेटौंडामा रहेको झापा एफसीले खेलाडीहरुलाई कोरोना बिरुद्धको खोपको व्यवस्था गरेको छ । टिमका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकहरुले शुक्रबार हेटौंडामा कोरोना बिरुद्धको खोप लगाएका हुन् ।

शुक्रबार हेटौंडा–२ मा रहेको बनस्खण्डी शहरी स्वास्थ्य केन्द्रबाट २१ जना खेलाडी, प्रशिक्षक तथा व्यवस्थापक गरी २५ जनाले खोप लगाएका क्लबका जेनेरल सेक्रेटरी सुजन गौतमले जानकारी दिनुभयो । प्रतियोगितामा सहभागिता जनाउनका लागि खेलाडीहरुले अनिवार्य रुपमा खोप लगाउन पर्ने नियम बनाएका कारण खेलाडीहरुलाई खोप लगाइएको उहाँले बताउनुभयो । एन्फाको अनुरोधमा स्वास्थ्य मन्त्रालयले खेलाडीहरुलाई नजिकको फुटबल संघको माध्यमबाट खोपको व्यवस्था गरिउको जनाइएको छ ।

कोरोना भाइरस विरुद्धको खोप लगाइसकेपछि सामुहिक तस्बिर खिच्दै झापा एफसीका खेलाडीहरु ।

खेलाडीहरुलाई सहजताको लागि एक मात्रामात्र लगाए पुग्ने भएकाले जोन्सन एण्ड जोन्सन खोप लगाइएको पनि गौतमले जानकारी दिनुभयो । २० गतेसम्म हेटौंडामा बन्द प्रशिक्षणमा रहने झापा एफसीले २५ गते प्रतियोगितामा आफ्नो पहिलो खेल खेल्दैछ ।

Exit mobile version