बकैयाः नेकपा एमाले बकैया–५ को अध्यक्षमा लाल बहादुर जिम्बा चयन हुनुभएको छ । मंगलबार भएको वडा भेला तथा कमिटी गठन कार्यक्रमले जिम्बाको नेतृत्वमा ३५ सदस्यिय वडा कमिटी गठन गरेको हो ।
कमिटीको उपाध्यक्षमा बिल बहादुर दोङ र सचिवमा राजन राई चयन भएका छन् ।

एमाले बागमती प्रदेश सदस्य पद्मा पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एमाले मकवानपुरका जिल्ला सदस्यहरु दलबहादुर वाइवा, कृष्णप्रसाद चौलागाईं , बेलप्रसाद दाहाल ,सरला बोलखे,बकैया अध्यक्ष गोपाल दाहाल लगाएतको उपस्थिति रहेको थियो । यसैगरि वडा भेलामा नेपाली कांग्रेस,नेकपा माओवादी र राप्रपा परित्याग १५ जनाभन्दा बढी नेकपा एमालेमा प्रवेश गरेका छन् ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!