हेटौंडाः बागमती प्रदेश सभाका ११ सांसदहरु नेकपा एकीकृत समाजवादीमा खुलेका छन् । उनीहरुले आज बागमती प्रदेश निर्वाचन कार्यालयमा पुगेर नेकपा एकीकृत समावादीमा सनाखत गरेका हुन् ।

यस्तै बागमती प्रदेशको सामाजिक विकास मन्त्री कृष्ण खनालले पनि केहीबेरमा निर्वाचन कार्यालय पुगेर एकीकृत समाजवादीमा सनाखत गर्ने बुझिएको छ । हालसम्म सांसदहरु राजेन्द्र पाण्डे, मुनु सिग्देल, रमा आले मगर, माधव पौडेल, राजेन्द्रमान श्रेष्ठ, बसन्त मानन्धर, लक्ष्मण लम्साल, पार्वती सिलवाल, कुसुम कार्की र इन्द्रमाया गुरुङले समाजवादी पक्षमा सनाखत गरिसकेका छन् ।

सांसद राजेन्द्र पाण्डेका अनुसार ११ जना सांसदहरुले आज सनाखत गर्ने र बाँकी सांसदहरु पनि नेकपा एकीकृत समाजावादीमा आउने बताउनुभयो ।